साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी
_45tmHjowGH_k7axmjuzrvpqjojbyfhhehxtfqqagvye0yjgy08xmx0i8rhhvomwzs9whubh_1Og2xpBXuv_xhspdv9jdpr1r32hbu5gzfcjd9k5pvggnpwcuuyqkowyp9qern2rzu6qviav.jpg)
काठमाडौँ, २७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ ।
आज अपराह्न केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्ने छ ।
पार्टीका सचिव सोमप्रसाद पाण्डेयका अनुसार विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्ने छ । बुधबारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।