आज स्थिर छ सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
_tpJYbUvu21_lvufmmtfl2brvi1d0tmtpsxn013koh75vft0v9fac4fawkmc1ev9phrz6nti_z8KUhhcyEY_cynbaddo0bbyl0aq0qa8l6kvtj0exr0sc1s4eyvfsh94ys5x5mfskmncksel.jpg)
काठमाडौं, २७ मंसिर । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन तोलामा २ हजार रुपैयाँले बढेको सुन आज पनि त्यही मूल्यमा किनबेच भइरहेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार पनि चाँदी सोही मूल्य कायम थियो ।