विराटनगरमाथि रोमाञ्चक जित, काठमान्डुको प्लेअफ सम्भावना जिवितै

विराटनगरमाथि रोमाञ्चक जित, काठमान्डुको प्लेअफ सम्भावना जिवितै

काठमाडौं, ३० मंसिर । एनपीएलमा काठमान्डु गुर्खाजले विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हात पारेको छ । उक्त जितसँगै काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने झिनो आशा बाँकी राखेको छ ।

लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजयको भएको खण्डमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना छ ।

काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।