कागेश्वरीमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गर्ने चितवनकी महिलाको मृत्यु

कागेश्वरीमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गर्ने चितवनकी महिलाको मृत्यु

काठमाडौं, ३० मंसिर । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किँरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको ज्यान गएको छ ।

शनिबार दिउँसो  १२ बजे चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।

बा ३५ प ५८१८ नम्बरको स्कुटर आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि आगो लगाएकी थिइन् ।

आगलागीबाट गम्भीर घाइते उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो ।

आइतबार बिहान ५ः४५ बजे उनको उपचारकै क्रम मृत्यु भएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारले जानकारी दिए । अब शव पोष्ट मार्टम परेर आफन्तलाई बुझाइने डीएसपी गोद्दारले बताए ।