१ सय २६ केजी गाँजासहित सुनसरी र चितवनबाट २ जना पक्राउ

१ सय २६ केजी गाँजासहित सुनसरी र चितवनबाट २ जना पक्राउ

काठमाडौं, १ पुस । सुनसरी र चितवनबाट करिब १ सय २६ केजी गाँजासहित २ जना पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट १ सय २३ किलो ३ सय ९० ग्रामसहित एक जना र चितवनको रत्ननगर नगरपालिका–१० निपनी चोकबाट २ किलो ८ सय ६४ ग्रामसहित एक  जनालाई  प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय धन बहादुर भण्डारी र रत्ननगर–१० बस्ने ४६ वर्षीय सरद लम्साल रहेका छन् ।

भण्डारीलाई प्रदेश १–०२–००२ ह १६५५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै, लम्साललाई रत्ननगर टाँडीबाट पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।