काठमाडौं जिल्ला अदालत परिसरबाटै शोभा पाठक प्रहरी नियन्त्रणमा

काठमाडौं, १ पुस । धादिङकी शोभा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (सोमबार) दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको एसपी नवराज अधिकारीले जानकारी दिए ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका नेता महेश बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएकी छिन् ।
यसअघि पनि उनलाई प्रहरीले साइबर कसुरमा पुल्चोकबाट समातेको थियो ।