१२ प्रतिशत लाभांश दिने चिलिमे जलविद्युत कम्पनीको घोषणा , बोनश र नगद कति ?
काठमाडौं, २ पुस । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले अहिलेसम्म कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र २ प्रतिशत (करसहित) नगद गरी जम्मा १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।
कम्पनीको साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ । कम्पनीले पुष २८ गते साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुष १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुष १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागी हुन पाउने र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।