प्रधानमन्त्री ओलीको दाबी- भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ

काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख हेरेर नभइ अपराध हेरेर कारबाही हुने बताएका छन् ।
आज (मंगलबार) ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित सभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘देशको अवस्था सच्याउनुछ । सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनुछ । सुशासन दिनुछ । भ्रष्टाचार नियन्त्रण गर्नुछ, भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरूले पनि पाउँदैनन् । दिन हुँदैन ।’ प्रधानमन्त्री ओलीले भने ।
उनले जनप्रतिनिधि वा कर्मचारी जो भए पनि जनताको सेवामा तल्लिन हुनुपर्ने जिकिर गरे । ‘हामी जनताका सेवक हौं, हामीभित्र घमण्ड पलाउन हुँदैन,’ उनले भने ।