एकीकृत समाजवादीमा ५ सदस्यीय केन्द्रीय कार्यालय गठन
_EW1qtiQOJY_blkuu5uyofkjminwy3qzkhs4l3cmo9irezapjfpf9hktlau5fuze9nfad5oy_VMKbPbneUJ_pudyvugdwi8v6raauzgl4lyhbpg1aq7wdq6xsa8lvpbuwxk5eg4oqty1p3mn.jpg)
काठमाडौं, २ पुस । नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय कार्यालय बनाएको छ ।
उपमहासचिव समेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको पछिल्लो स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव भुसाल नेतृत्वमा केन्द्रीय कार्यालय पाँच जनाको हुने जानकारी दिए ।
‘महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय पाँच जनाको हुनेछ,’ उनले भने । केन्द्रीय कार्यालयमा महासचिवसहित उपमहासचिवहरू पनि हुने उनले बताए ।
एकीकृत समाजवादीमा उपमहासचिवहरू राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई छन् । उनीहरू केन्द्रीय कार्यालयमा रहनेछन् ।
त्यस्तै, एकीकृत समाजवादीले पहिलोपटक २४ सदस्यीय सचिवालय समेत गठन गरेको जनाइएको छ ।