सप्तरीमा अर्नाको आक्रमणबाट एक किसानको मृत्यु

जनकपुरधाम, ४ पुस । सप्तरीमा अर्नाको आक्रमणबाट खेतमा काम गरिरहेका किसानको ज्यान गएको छ ।
कोशी टप्पुबाट आएको अर्नाको आक्रमणबाट हनुमाननगर कंकालिनी नगरपालिका–९ का शुभेलाल मण्डलको निधन भएको हो ।
बुधबार खेतमा काम गरिरहेका बेला उनी अर्नाको आक्रमणबाट गम्भीर घाइते भएका थिए । स्थानीयले तत्कालै उपचारको लागि लैजानेक्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।