महिला यू–१९ एसिया कप : श्रीलंकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

महिला यू–१९ एसिया कप : श्रीलंकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं, ४ पुस । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप सुपर फोरको पहिलो खेलमा श्रीलंकाविरुद्ध बलिङ गर्ने निर्णय भएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने प्रतियोगितामा कप्तान पूजा महतोले टस जितेर फिल्डिङ रोजेकी हुन्  ।

नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो ।

भारत र पाकिस्तानजस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले पराजित गरेर सुपर फोरमा स्थान पक्का गरेको थियो ।

भारतविरुद्ध दोस्रो खेल भने वर्षाले गर्दा खेल प्रभावित भएपछि नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।

समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको हैसियतमा सुपर फोरमा पुग्दा श्रीलंकाले एक खेलमा जित हात पारेको थियो । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग परास्त भएको थियो  ।

पाकिस्तानलाई हराउँदै मनोबल उच्च बनाएको नेपालले श्रीलंकाविरुद्ध सुपर फोरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने मनशाय बनाएको छ ।