टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर

काठमाडौं, ४ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचमा प्रतिस्पर्धा हुदैँछ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविधालय, खेल मैदानमा जनकपुर र कर्णाली प्रतिस्पर्धामा उत्रन लागेका हुन्। टस जितेर जनकपुरले पहिले बलिङ गर्ने निर्णय गरेको छ।
सुदुरपश्चिमसँग पहिलो क्ववालिफायर खेलमा ८ विकेटले पराजित भएको जनकपुर र इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेका हुन्।