पुस ८ गतेदेखि 'योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज- २०२४' आयोजना हुने
काठमाडौं, ४ पुस । नेपाल व्याडमिन्टन संघको आयोजनामा ‘योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४’ र योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज–२०२४ हुने भएको छ ।
संघले आज (बिहीबार) पत्रकार सम्मेलनमार्फत ‘योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४’ पुस ८ गतेदेखि ११ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो ।
यस्तै, योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज–२०२४ पुस १२ देखि १४ गतेसम्म चल्नेछ ।
विश्व ब्याडमिन्टन महासंघ व्याडमिन्टन एशियाको स्विकृतीमा तथा नेपाल व्याडमिन्टन संघको आयोजनामा यो च्यालेन्ज काठमाडौं स्थित त्रिपुरेश्वर कभर्डहलमा सन्चालन हुनेछ ।
पुस ८ गतेदेखि ११ गतेसम्म आयोजना हुने प्रतियोगितामा विश्वका ५ महादेशका २२ वटा देशले सहभागिता जनाउँनेछन् । जसमा भारत, अमेरिका, थाईलाण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानाडा, मलेशिया, इण्डोनेशिया, इरान, ईटाली, युनाइटेड अरब इमिरेटस, जाम्बिया, युगाण्डा, इंड ल्याण्ड, न्युजिल्याण्ड, म्यानमार, अष्ट्रेलिया, युक्रेन, जापान र नेपालका खेलाडीहरु सहभागी हुने बताइएको छ ।
प्रतियोगितामा ५ वटा इभेन्ट खेलाईनेछ । जसअन्तर्गत पुरुष एकल, महिला एकल, पुरुष डबल, महिला डबल, मिश्रित डबल हुनेछ ।
यस प्रतियोगिताको कुल पुरस्कार राशी अमेरिकी डलर १५००० पन्ध्र हजार रहेको छ । जस्मा विजेता खेलाडीहरुलाई निम्न अनुसारको नगद पुरस्कार अमेरिकी डलरमा वितरण गरिनेछ ।
यस्तै योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिजमा पनि विश्वका ११ वटा देशहरुको सहभागिता रहने छ । जसमा भारत, न्युजिल्याण्ड, मलेशिया, थाईल्याण्ड, ईरान, युनाईटेड अरब ईमिरेटस् र नेपालका खेलाडीहरुले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा ५ वटा इभेन्ट खेलाइनेछ जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल, महिला डबल, मिश्रित डबल हुनेछ ।
मुख्य प्रायोजक योनेक्स सनराइज कम्पनी, सिंगापुर रहेको छ । अमेरिकी डलर १५ हजार सहभागी नेपाली खेलाडीहरुलाई खेल पोशाक र व्याडमिन्टन कोट म्याट ४ सेट उपलब्ध गराउनेछ ।
दुबै प्रतियोगिताको आयोजनामा करिब १ करोड १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद तथा विभिन्न कम्पनीहरुबाट विज्ञापन प्रायोजकहरु, सहयोगी संघ संस्थाहरुको आर्थिक सहयोगमा सो प्रतियोगिता सन्चालन गर्ने लागिएको खर्चको लागी नेपाल व्याडमिन्टन संघले जनाएको छ ।