त्रिविको सभा सिंहदरबारमा राखिएप्रति सदस्यहरूको असन्तुष्टि
काठमाडौं, ७ पुस । सिंहदरबारमा त्रिभुवन विश्वविद्यालयको सभा बसिरहेको छ। त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको हो।
सिंहदरबारमा सभा राखेको भन्दै सदस्यहरुले असन्तुष्टि प्रकट गरेका छन् ।
‘प्रधानमन्त्री तथा कुलपति ज्युले त्रिभुवन विश्वविद्यालय सभार बैठक सिंहदरबारमा डाक्नुले लज्जित तुल्याएको छ। विश्वविद्यालयका पदाधिकारीले उक्त प्रस्ताव स्विकार्नुमा झन लम्पसारवाद छ,’ सभा सदस्यले भने ।
यसअघि २७ मंसिरमा त्रिविमा सभा बसेको थियो। प्रधानमन्त्री ओलीले ७ पुसभित्र त्रिविमा डिन नियुक्ति गर्न त्यस सभामा कडा निर्देशन दिएका थिए।
डिन नियुक्ति गरिएपछि आज सभा बसेको हो।