रवि लामिछानेसहित विरुद्धको मुद्दा न्यायाधीश राईको इजलासमा
_448VvVKZ5A_nnefhrqrbell2m5g9nfl2bhjlh36ijj8fcyyeao4jiyw6jnmurzlvn2v8ztp_Muau94E4j7_ffgyvjkfsvl14j0hv8kdovu4w806xvx7rioh4zdzlkm5ycbamei5dgatlcxd.jpg)
काठमाडौं, ८ पुस । रास्वपाका सभापति रवि लामिछानेसहित ५ जनाको मुद्दामाथिको बहस न्यायाधीश नीतिज राईको इजलासमा हुने भएको छ ।
बयानका लागि पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित पाँचै जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालतमा उपस्थित गराइएको हो ।
उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा आइतबार दायर गरिएको थियो । आजदेखि बयान थालिएको हो । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।
थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय अदालतले लिनेछ ।
प्रहरीले रविसहितमाथि विभिन्न सहकारीको बचत हिनामिना गरेको अभियोगमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा चलाइएको छ ।
संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा उनीहरूमाथि संगठित अपराधको आरोप पनि उनीहरुमाथि लगाइएको छ ।