जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै ठगी गर्ने एक जना भारतीय नागरिक पक्राउ
_u9pMKXVvi0_znskrrh6jkifurccvqw90c2tswrn57sgzhf7btgkstfvcdaw59w2dwow5rco_Fn7glFkLWE_qfdjscs1khstgkca6cutcsyzqt0pjifjiqvrflvyrtrgeseym3kxjcvvacs4.jpg)
काठमाडौं, ८ पुस । जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई पक्राउ परेका छन्। शुक्रबार प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हलवाईले नेपालगंज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक पटक गरी २ करोड रूपैयाँ ठगी गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पीडितको उजुरीको आधारमा उनलाई नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेबाट ४ दिन थप म्यादको अनुमति लिएर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ ।