चन्द्रागिरिका वडाध्यक्ष महर्जन सहकारी ठगी आरोपमा पक्राउ

काठाडौं, ८ पुस। चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । सहकारी ठगीको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोप उनीमाथि लागेको छ ।
प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
उक्त सहकारीका उनी कोषाध्यक्ष समेत हुन् ।