जनकपुरमा जलाइयो गृहमन्त्री लेखकको पुत्ला

जनकपुरमा जलाइयो गृहमन्त्री लेखकको पुत्ला

काठमाडौं, ८ पुस ।  शनिबार सम्पन्न भएको एनपीएलको फाइनल खेलपछि जनकपुर बोल्टस्‌का समर्थकमाथि भएको कुटपिट तथा गरिएको दुर्व्यवहार  गरिएको विरोधमा जनकपुरका युवाहरूले गृहमन्त्रीको पुत्ला जलाएका छन् ।

जनकपुरका युवाहरूले सोमबार भानुचोकमा गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका हुन् । उनीहरूले गृहमन्त्रीविरूद्ध नाराबाजीसमेत लगाएका थिए ।

त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको थियो ।

कुटपिटपछि मधेशी आयोगलगातयमा उजुरी परेपछि प्रहरीले क्रिकेट मैदान बाहिर युवकमाथि कुटपिटको घटनाबारे अनुसन्धान थालेको छ ।