लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टीबीच सहकार्य

लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टीबीच सहकार्य

काठमाडौँ, ९ पुस। विगत ५ वर्षदेखि सहकार्य गर्दै आइरहेका लुम्बिनी विकास बैंक लिमिटेड र लिजेण्ड प्रोपर्टी ग्रुपबीच फेरि सहकार्य भएको छ । सोमबार लिजेण्डले बनाएको जग्गा विकास आयोजनामा ग्राहकलाई लुम्बिनी विकास बैंकले थप सेवा र सुविधा दिने गरी सम्झौता भएको हो।

जुन आयोजना सरकारी मापदण्ड पूरा गरेका हुनेछन्। स्थानीय तहदेखि विभिन्न निकायबाट स्वीकृति प्राप्त हुनेछन्। लिजेण्डले २०७१ सालमा भक्तपुरको हेलमेट डाँडा जग्गा विकास आयोजना बनाएको हो।

हाल लिजेण्डले काठमाडौँको दक्षिणकाली नगरपालिकाको चाङ्लाखेलदेखि भक्तपुर हुँदै काभ्रे र पोखरामा आयोजना विस्तार गरिरहेको छ।

सोमबार बैंकको तर्फबाट उप प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टीका उपाध्यक्ष पुर्णबहादुर लिम्बुले सम्झौता गरेका हुन्। उपाध्यक्ष लिम्बुले बैंकलाई धन्यवाद दिँदै पुरानो आयोजना हेलमेट डाँडा भक्तपुरबाट सुरु भएको यात्रा आजसम्म पनि निरन्तर रहेको र भविष्यमा थप आयोजनामा सहकार्य गर्दै देशको शहरी विकासमा मिलेर योगदान दिने सकिने बताए। 

बैंकका तर्फबाट बोल्दै बैंकका उपप्रमुख कार्यकारी अधिकृत आचार्यले लिजेण्ड प्रोपर्टीले अत्यन्तै राम्रो काम गर्दै आएकोमा बधाई दिँदै आजसम्मको सहकार्यमा बजारमा जस्तोसुकै कठिनाई र कोरोना जस्तो महामारीको अवस्थामा पनि व्यवसायीले बैंक प्रति निर्वाह गर्नुपर्ने सम्पूर्ण दायित्व पूरा गरेकोमा लिजेण्ड प्रोपर्टीको टीमसँग सहकार्य गर्न विश्वास जगाएको मात्र नभई उत्साह जगाएको बताए।
 
सम्झौता कार्यक्रममा बैंकका कर्जा प्रमुख भेषराज गौतम, क्रेडिट अफिसर विक्रम गिरी र लिजेण्ड प्रोपर्टीका तर्फबाट प्रबन्ध निर्देशक रविन राई, चिफ इञ्जिनियर दिनेश पोखरेल, बजार प्रमुख उज्वल भण्डारीको उपस्थिति थियो।

आयोजनामा लिजेण्ड प्रोपर्टीका ग्राहकलाई लुम्बिनी विकास बैंकले छिटो र सुलभ ब्याजदरमा ऋण उपलब्ध गराउने छ। यसअन्तर्गत ६ वटा जग्गा विकास आयोजना सञ्चालनमा छन्। आयोजना काठमाडौँ उपत्यकाभित्र भक्तपुरको पलासे, सिपाडोल, चागुनारायण नगरपालिकाको कलामशे, काठमाडौँको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा रहेका छन्।

भक्तपुरको पलासेमा रहेको रिखेटार पाखो जग्गा विकास आयोजना २८५ रोपनी क्षेत्रफलमा फैलिएको छ। यस आयोजनाको ८५ प्रतिशत जग्गा बिक्री भइसकेको छ। सिपोडोलमा रहेको भाइरल जग्गा विकास आयोजना करिब ४०० रोपनी क्षेत्रफलमा फैलिएको छ। यस आयोजनाको पनि ७५ प्रतिशत जग्गा बिक्री भइसकेको छ। 

चागुनारायण नगरपालिकाको कलामशे जग्गा विकास आयोजना सरकारी प्रक्रिया पूरा गरी बुकिङको लागि खुल्ला गरिएको छ।