सिद्धार्थ बैंकले ४ प्रतिशत नगद लाभांश दिने

सिद्धार्थ बैंकले ४ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, ९ पुस ।  सिद्धार्थ बैंक लिमिटेडले ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको ५ पुसमा बसेको ४४०औं वार्षिक साधारणसभाले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ८५ को ४ प्रतिशतका दरले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २ सय ८ रुपैयाँ बराबर नगद लाभांश कर प्रयोजन सहित घोषणा गरेको हो ।

त्यसैगरी, सञ्चालक समितिले १ सय रुपैयाँ अंकित ३ अर्ब ५० करोड बराबरको ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सयेर’ जारी गर्ने निर्णय समेत गरेको छ । 

अग्राधिकार सेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ८५ बाट १७ अर्ब ५८ करोड ९९ लाख ८० हजार १ सय ८५ पुग्ने बैंकले जनाएको छ  ।

बैंकको २३औं वार्षिक साधारणसभा २८ पुसमा हुने बताइएको छ ।