एन‌ओ‌सीको अध्यक्ष पदमा ३ जनाले दिए उम्मेदवारी

एन‌ओ‌सीको अध्यक्ष पदमा ३ जनाले दिए उम्मेदवारी

काठमाडौं, ९ पुस । नेपाल ओलम्पिक कमिटि (एनओसी) को अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षका लागि पछिल्ला वर्षमातन अध्यक्ष जीवनराम श्रेष्ठसँगै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले उम्मेदवारी दिएका हुन् ।

आउँदो शनिबार एनओसीको आगामी चार वर्षे कार्यकालको लागि चुनाव हुन लागेको छ । अध्यक्ष पदका लागि ३ जनासँगै कूल २३ जनाको उम्मेदवारी परेको छ ।

जसमा अध्यक्ष र उपाध्यक्ष पद बाहेक बाँकी सबै पदमा निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार राती सम्म अनलाइनमार्फत १९ सदस्यीय कार्यसमितिका लागि कुल २३ जनाको मनोनयन परेको छ । ७ उपाध्यक्ष पदको लागि ९ जनाको उम्मेदवारी परेको छ ।

जसअनुसार, दीपक हर्ष बज्राचार्य, ज्योति राणा, गोपाल सुन्दर लाल कक्षपति, प्रकाश शम्शेर राणा, दावा गुरूङ, अनिल प्रसाद शर्मा, तुल्सी थापा, अशोक रत्न बज्राचार्य र चतुरानन्द राज वैद्यले मनोनयन दर्ता गराएका छन् ।

उपाध्यक्षमा दुई जनाको नाम फिर्ता लिएर निर्विरोध गराइने तयारी पनि भइरहेको छ । उम्मेदवारी फिर्ता लिनका मंगलबार लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ । 

महासचिवमा नेपाल र्‍याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठको एकल उम्मेदवारी परेको छ । यसैगरी एक कोषाध्यक्षमा टासी घले, सहायक महासचिवमा रामजी बहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

३ सचिवमा रमेश प्रसाद शिवाकोटी, भीमसिंह गुरूङ र रामकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । ५ सदस्यहरूमा गीता राना, लाक्पा छिरिङ लामा, राम अवाले, मनिष जोशी र जितेन्द्र बहादुर चन्दले दाबेदारी गरेका छन् । 

यसपटक पदाधिकारीको संख्या बढाएर सदस्यको संख्या कम गरिएको छ । उपाध्यक्षको‌ संख्या ५ बाट बढाएर ७ बनाइएको छ भने सदस्य संख्या ७ बाट ५ मा झारिएको छ ।