रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

काठमाडौं, ९ पुस । रास्वपाका सभापति रवि लामिछाने संघीय संसद्को  राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइएका छन् । 

सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलाइएपछि संघीय संसद सचिवालयले सोमबार लामिछानेलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बित गरेको थियो । 

लामिछाने सांसद् पदबाट निलम्बन भएसँगै राज्य व्यवस्था समितिको सदस्य समेत नरहेको राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले बताएका हुन् ।

राज्य व्यवस्था समितिमा लामिछाने सदस्य थिए । आजको बैठकमा सभापति खतिवडाले सांसद पदबाट निलम्बित भएसँगै राज्य व्यवस्था समितिबाट समेत निलम्बित भएको जानकारी गराएका हुन् ।