जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित
काठमाडौं, ९ पुस । नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् ।
इटहरीको जनता माविमा सोमबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज बिहान सार्वजनिक गरिएको हो ।
थापा सात सय ६२ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी जीवन कार्कीले चार सय ५३ मत प्राप्त गरेका महाधिवेशन आयोजनाका निर्देशक दीपक ढकालले जानकारी दिए ।
यसैगरी, कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै, उपाध्यक्ष पदका लागि सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, सङ्गम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।