नक्सालमा ‘बजाज फाइनान्स मेला’ आयोजना हुँदै, नागरिकतामै बजाजको मोटरसाइकल किन्न सकिने
काठमाडौं, पुस । बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्यका साथ काठमाडौंमा बजाजको फाइनान्स मेला आयोजना हुने भएको छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले पुस १० देखि १६ गतेसम्म उक्त मेला आयोजना गर्न लागेको हो ।
फाइनान्स मेला नक्सालस्थित बाइकर्स क्याफेमा आयोजना हुने कम्पनीले जानकारी दिएको छ ।
यो मेलाले ग्राहकहरूलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्य राखेको छ । यस फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त शुल्क नहुने कम्पनीले बताएको छ ।
बजाजले यो फाइनान्स मेलामा नागरिकताकै आधारमा मोटरसाइकल उपलब्ध गराउने भएको छ ।
यसअघि मोटरसाइकल खरिद गर्दा जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयसा्रेतको सर्टिफिकेट लगायत कागजात आवश्यकता पर्दथ्यो । अब भने ग्राहकले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर पनि मोटरसाइकल किन्न सक्नेछन् ।
यद्यपि, मोटरसाइकल खरिद गर्न चाहने ग्राहकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) र एकजना साक्षी बस्ने व्यक्ति भने अनिवार्य रहेको कम्पनीले जनाएको छ ।
साथै, उक्त फाइनान्स मेलामा विभिन्न स्कीमहरू रहेको कम्पनीले जनाएको छ ।
उक्त फाइनान्स मेलामा बजाजले ९.९९ प्रतिशत ब्याजमै मोटरसाइकल उपलब्ध गराउनुका साथै, १ घण्टामा लोन पास गराउने र विभिन्न मोटरसाइकल एसेसरिज निःशुल्क प्रदान गर्ने जनाएको छ ।