५ महिनामा साढे ३ अर्बको अलैँची निर्यात

काठमाडौँ, ९ पुस । चालु आर्थिक वर्षको ५ महिनामा साढे ३ अर्बको अलैँची निर्यात भएको छ ।
२०८१ (साउन-मंसिर) मसान्तसम्ममा ३ अर्ब ४५ करोड ७२ लाख ८४ हजार रुपैयाँको २०७४८६५ किलो अलैँची निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
जसमध्ये सबैभन्दा ठुलो परिमाणमा भारत तर्फ निर्यात भएको छ । भारतमा ३ अर्ब ४५ करोड ६३ लाख ७४ हजार रुपैयाँ बराबरको २०७४५०० किलो अलैँची निर्यात भएको छ ।
यस्तै ७ लाख २० हजार रुपैयाँ बराबरको २४० किलो अलैँची फ्रान्स निर्यात भएको छ ।
यस्तै, १ लाख ७३ हजार रुपैयाँ बराबरको ११० किलो अस्ट्रेलिया र ४४ हजार रुपैयाँको १५ किलो अलैँची स्वीजरल्याण्डमा निर्यात भएको छ ।