रेसुङ्गाको वडानम्बर-१४ टुक्राउने प्रस्ताव नगरसभाबाट पास

काठमाडौं, ९ पुस । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले वडानम्बर–१४ लाई टुक्राउने भएको छ ।
१६औं नगर सभा बैठकमा मानव संशाधन तथा सुशासन समितिका संयोजक हुमबहादुर बस्नेतले राखेको वडा विभाजन गरी २ वटा बनाउने प्रस्ताव बहुमतले पारित भएको छ ।
वडा विभाजनको अन्तिम स्वीकृति भने संघीय सरकारले गर्नुपर्ने संबैधानिक व्यवस्था छ ।
संघीय सरकारले पनि नगरसभाको प्रस्तावलाई स्वीकृत गरेमा वडानम्बर–१४ मा पर्ने पराल्मी र रातामाटा छुट्टिने गरी अर्को एउटा वडा थपिने छ । अहिले रेसुङ्गा नगरपालिकामा १४ वटा वडा छन् ।