सिद्धबाबा सुरुङमार्गअन्तर्गतका ३ वटै बाइपास टनेलको ‘ब्रेक थ्रु’
काठमाडौं, ९ पुस । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाका ३ वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ । आयोजना स्रोतका अनुसार, ‘बाइपास-२’ को आइतबार ब्रेक थ्रु सम्पन्न भएको यस आयोजना अन्तर्गत रहेका तीन वटै बाइपास सुरुङ छिचोलिएका हुन् ।
बाइपास दोस्रो १ सय ६१ मिटर लम्बाइको छ। यसअघि नै २६ भदौ बाइपास तेस्रो र ४ असोजमा बाइपास प्रथमको 'ब्रेक थ्रु' भएको थियो।
१ सय ३० मिटर र १ सय ५१ मिटर दुई बाइपास क्रमशः लम्बाइका छन् । सिद्धबाबा को मुख्य सुरुङ भने ११ सय २६ मिटर लम्बाइको छ।
अहिलेसम्म प्राप्त विवरण अनुसार, ८ सय मिटरभन्दा बढी खन्ने काम सम्पन्न भइसकेको छ । सुरुङमा लाइनिङको काम भने हालसम्म प्रारम्भ भएको छैन ।
एक वर्ष अगाडिदेखि सुरुङ खन्न सुरु भएको थियो । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण भइरहेका छन् ।
पोखरा र पश्चिम नेपालका विभिन्न गन्तव्यसँग बुटवललाई सडक सञ्जालमा जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम सम्पन्न भएपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने अपेक्षा लिइएको छ । ७ अर्ब ३४ करोड रुपैयाँको लागतमा आयोजना बनिरहेको छ ।