मन्त्रिपरिषद् बैठक बस्दै, सहकारीको समस्याबारे छलफल हुने
काठमाडौं, ९ पुस । सहकारी संस्थामा देखिएका समस्याका सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै छ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो ।
बैठकमा सहकारी संस्थाको समस्याका सम्बन्धनमा संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका विषयमा छलफल हुने भनिएको छ ।
एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले सहकारी संस्थाको समस्या समाधानका लागि सहकारी प्राधिकरण गठन गर्न सुझाव सुझाएको थियो । समितिले सहकारी विभाग र बोर्ड खारेज गर्न पनि सुझाव दिएका थिए ।
तर, त्यसका लागि सहकारी ऐन नै संशोधन गर्नुपर्ने भएकाले त्यस सम्बन्धी सुझाव कार्यान्वयनमा आउन सकेको छैन ।
संसदीय समितिले ५ लाख सम्मका साना बचतकर्ताको रकम फिर्ता गर्न दिएको सुझाव समेत हालसम्म कार्यान्वयनमा गएको छैन ।