गरिमा क्यापिटलको ‘गरिमा समृद्धि योजना’ बिक्री खुला

गरिमा क्यापिटलको ‘गरिमा समृद्धि योजना’ बिक्री खुला

काठमाडौं, ९ पुस । गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचूअल फण्डअन्तर्गत एक अर्ब बराबरको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ आजदेखि निष्काशन तथा बिक्री खुला गरेको छ ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम आजबाट सार्वजनिक रूपमा निष्काशन गरिएको हो ।

कम्पनीले १० वर्ष अवधिको फण्डको प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बिक्रीमा ल्याएको हो ।

इकाइ खरिदका लागि लगानीकर्ताहरूले मेरोशेयर तथा सीआस्बा हुने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमार्फत आवेदन दिन सक्नेछन् ।

फण्डको इकाइमा लगानीकर्ताले पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।