एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-1724922596_yo8Bp5ijYO_shocmpwf2p3zmpoqc1mgwq5wibcuxgmdbrzrenxncs243gontg9nhfkiwmt8_8ucUOsCKWa_tr55jnlaoebrtdho0j3e1txmnticy0nl3i5co8vve7brx5d4zdyqtztsoqju.jpeg)
काठमाडौँ, १० पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको मिति निर्धारण गर्नाका साथै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्नेछ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हुने बैठकमा पार्टी सङ्गठन विस्तार र समसायिक राजनीतिक विषयमा विचारविमर्श हुने जानकारी उनले बताए ।