६७ जना यात्रु बोकेको अजरबैजानको विमान कजाकिस्तानमा दुर्घटना
काठमाडौं, एजेन्सी । बुधबार कजाकिस्तानको अक्ताउ सहरमा यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भएको छ ।
प्रारम्भिक रिपोर्ट अनुसार, दुर्घटनामा केही मानिस हताहती भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना यात्रु सवार थिए ।
विमान दुर्घटना भएको स्थानमा पुग्न उद्धार टोलीले प्रयास गरिरहेको कजाकिस्तानका आपत्कालीन मन्त्रीले बताएका छन् ।
समाचार एजेन्सी रोयटर्यले रूसी समाचार एजेन्सीलाई उद्धृत गर्दै उल्लेख गरेको छ, ‘जहाज अजरबैजान एयरलाइन्सको हो । जुन जहाज बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नीतर्फ गइरहेको थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।’
अजरबैजान एयरलाइन्सको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताइएको छ ।