देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग पूर्वमन्त्री शर्माको आग्रह
घोराही (दाङ), १० पुस । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरेकी छिन् ।
नेपाल पत्रकार महासङ्घ दाङ शाखाबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आज घोराहीमा आयोजित कार्यक्रममा उनले सञ्चारकर्मीका समस्या समाधान गर्न आफूले विगतमा उच्च प्राथमिकता दिएको जानकारी दिइन् ।
उनले भनिन्, “राजनीतिक स्थायित्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक रहेको छ । ”