काठमाडौंमा क्रिसमसको रौनक

काठमाडौंमा क्रिसमसको रौनक

काठमाडौं, १० पुस ।  आज (बुधबार) इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन  ‘क्रिसमस डे’ नेपालमा पनि मनाइएको छ ।

काठमाडौं उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि ‘क्रिसमस डे’ मा आपसमा खुशियाली बाँडेर मनाइरहेका छन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार, हरेक वर्ष २५ डिसेम्बरका दिन क्रिसमस मनाउने गरिन्छ । 

आज दिउँसो नेपाल ख्रिष्टियन महासंघ मूल समारोह समितिको आयोजनामा क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको सहभागिता जनाउने महासंघका अध्यक्ष गहतराजले जानकारी दिए । 

मुख्य सहरका प्रमुख स्थलमा पछिल्लो समय क्रिसमस ट्रि सजाउने प्रचलन बढेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित पार्न सजावट गर्ने गरिएको छ । 

यस अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।