स्रोत नखुलेको ९२ लाखसहित काठमाडौंबाट ३ जना पक्राउ
काठमाडौं, १० पुस । स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित काठमाडौंबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनीहरुलाई जोरपाटीबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रसुवाका जितबहादुर तामाङ, संखुवासभाका सन्तोष खाती र सिन्धुपाल्चोकका रविन धमला रहेका छन्। घटनामा संलग्न व्यक्तिहरू सुन कारोबारी हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।