काठमाडौं महानगरले हटायो कन्सर्टमा राखिएका मदिराका विज्ञापन

काठमाडौं महानगरले हटायो कन्सर्टमा राखिएका मदिराका विज्ञापन

काठमाडौं, १० पुस । काठमाडौं महानगरपालिकाले बौद्धस्थित हायात परिसरमा आयोजना हुन लागेको कन्सर्टमा राखिएका मदिराजन्य विज्ञापन बोर्ड  हटाएको छ ।

अनधिकृत रुपमा राखिएका १ सय ५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरी बलले हटाएको महानगरले जनाएको छ ।

भारतीय गायक सोनु निगम पनि यही कन्सर्टमा सहभागी हुन काठमाडौं आइपुगेका छन् । निगमले पनि सोही कन्सर्टमा प्रस्तुती दिन लागेका छन् । 

महानगर प्रहरी बलको विशेष टोली खटाएर बोर्डहरू हटाइएको बताइएको छ ।

मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अनुसार ती बोर्डहरू हटाइएको महानगर प्रमुखको सचिवालयले जनाएको छ ।