रविसहित ७ जनालाई अदालत उपस्थित गराइयो
पोखरा, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सहकारी ठगी मुद्दाका प्रतिवादी ७ जनालाई अदालत उपस्थित गराइएको छ ।
पूर्वगृहमन्त्री लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
छवि र लिलाको बयान भएको छ भने रविसहितको बयान हुन बाँकी नै छ । मंगलबार पूर्वकोषाध्यक्ष आरती र पूर्वसांसद मीना पक्राउ परेका हुन् ।
रविसहितलाई आइतबार थप अभियोजन दर्ता गरिएपछि सोमबारदेखि बयान सुरु भएको हो । न्यायाधीश नीतिज राईको इजलासमा बयान भइरहेको छ ।