पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण
काठमाडौं, ११ पुस। चीनको छेन्दु विमानस्थलबाट पर्यटकीय राजधानी पोखरा सिचुवान एयरलाइन्सको चार्टर विमान गरी १२९ जना चिनियाँ खेलाडी आइपुगेका छन् ।
खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका हुन् । शुक्रबारदेखि पोखरामा सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागिता जनाउन खेलाडीसहित चार्टर जहाजमा आएका हुन् ।
दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ ।
यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए । सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रोपटक आएको हो ।
यही कात्तिकमा पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा पनि जहाज चार्टर गरी पोखरा आएका थिए ।