बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडौं, ११ पुस । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

सरकारका प्रवक्ता गुरूङका अनुसार, बीमा प्राधिकरण सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहनेछन् ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा दायर भएयता उक्त पद रिक्त छ ।