नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला

काठमाडौ, ११ पुस । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्वाचित भएका छन् ।

यसअघि उपाध्यक्ष रहेका कोइराला संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका छन् ।

नेपाल बैंकर्स संघको साधारण सभाले कोइरालालाई अध्यक्षमा निर्विरोध निर्वाचित गराएको हो । उनको कार्यकाल आगामी दुई वर्षको हुनेछ ।