‘गरिमा समृद्धि योजना’ को सार्वजनिक निष्कासन तथा बिक्री सम्पन्न

‘गरिमा समृद्धि योजना’ को सार्वजनिक निष्कासन तथा बिक्री सम्पन्न

काठमाडौं, १२ पुस । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फन्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्बको ‘गरिमा समृद्धि योजना’ निष्कासन तथा बिक्री चार दिनमै सम्पन्न भएको छ ।

बैंकले नेपाल धितो पत्र बोर्डको स्वीकृति बमोजिम पुस ७ गते सार्वजनिक रूपमा निष्कासन गरिएको सो बन्दमुखी योजना पुस ११ गते समयमा नै सम्पन्न भएको जनाएको हो ।

बैंकका अनुसार, उक्त अवधि भर रितपूर्वक माग भन्दा बढी रकमको लागि आवेदन पर्न आएकाले सार्वजनिक निष्कासन तथा बिक्री कार्य पुस ११ गते देखि लागू हुने गरी बन्द गरिएको छ ।

एक अर्ब रुपैयाँ आकारको यो योजना प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको थियो  ।