राष्ट्रिय परिचयपत्र विवाद : आज अन्तिम सुनुवाइ हुँदै
काठमाडौँ, १२ पुस । राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले बिहीबारदेखि सुरु गरेको सुनुवाइ शुक्रवार पनि निरन्तरता दिएको छ ।
न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी रहेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ।
हिजो सबै पक्षको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको र आज बहसपछि निर्णय हुने सर्वोच्च अदालतले जनाएको छ ।