राष्ट्र बैंकले खारेज गर्‍यो ३ रेमिटेन्स कम्पनी

राष्ट्र बैंकले खारेज गर्‍यो ३ रेमिटेन्स कम्पनी

काठमाडौँ, १२ पुुस । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । खारेज भएको सूचना आज (शुक्रबार) सार्वजनिक भएको छ ।

राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको सूचनामा जनाएको छ । 

कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको विप्रेसण नियमावली २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपनियम ८ बमोजिम सूचना प्रकाशित गरिएको जनाइएको छ । 

राष्ट्र बैंकले खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी दिन पनि भनेको छ ।