हिमालयन क्यापिटलद्वारा पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौं, १४ पुस । हिमालयन क्यापिटल लिमिटेडले पूँजी बजारको विकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
जसअन्तर्गत हालै कम्पनीले २०८१/०८/२३ देखि २०८१/०८/२८ सम्म कर्णाली प्रदेशको भैरवी गाउँपालिका, दैलेख, कुमाख गाउँपालिका सल्यान र भेरीगंगा नगरपालिका सुर्खेतका विविन्न विद्यालयका विद्यार्थीहरुलाई पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरतासम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
हिमालयन क्यापिटल लिमिटेडका प्रमुख, अनुपालन विभागका निमेषप्रसाद अधिकारीबाट उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरू, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति, र सामूहिक लगानी कोषसम्बन्धि जानकारी प्रदान गरिएको थियो ।
साथै पूँजी बजारको निरन्तर बिकासको निम्ति भावी पुस्तालाई पूँजी बजार र यसको प्रकृतिको सम्बन्धमा जानकार बनाउन सहयोग गर्ने उद्देश्यको साथ कार्यक्रम सञ्चालन गरिएको थियो । उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमबाट विद्यार्थीहरू लाभान्वित हुने विश्वास हिमालयन क्यापिटलले लिएको छ ।
कार्यक्रमका सहभागी विद्यार्थीहरूले यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोगजस्ता विषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त कार्यक्रम ज्यादै उपयोगी रहेको तथा सेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए ।
साथै हिमालयन क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पूँजी बजारसँग सम्बन्धित कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।