बेनी-रणवाङ-दरवाङ सडक स्तरोन्नतिको काम धामाधम हुँदै
![बेनी-रणवाङ-दरवाङ सडक स्तरोन्नतिको काम धामाधम हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Ranabang%2520darbang%2520road%25201_WJb2PUdBP0_qfxxx8th7vyea6p3wpzikf2wlr3fpa6dclryq4c4urpffrq0xutgb4w2et9t_otgvhXdGRP_amtjkyxiscgrouxhjf8tkhjkj3allecgmftyuo49pnujekd7ivzpx8znyekk.jpg)
म्याग्दी, १४ पुस । बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम स्तरोन्नति भइरहेको छ ।
गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नति जारी छ । हाल सडक चौडा बनाउने, पानीको निकासका निम्ति नाली र भूक्षयबाट सडकलाई जोगाउन पर्खाल बनाउका साथै कालोपत्र गर्न ‘सवबेस’, ‘बेस’ राखेर सम्म्याइँदै छ ।
बाइस करोड ५७ लाखको लागतमा निर्माण सम्पन्न हुने यो सडक खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र पनि गरिने निर्माण कम्पनीले जनाएको छ ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने २४ किलोमिटर लामो यो सडक २०६३ मा खुलेको हो । बेनीबाट सिमसम्म १२ दशमलव पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।