अल्फा अटोमोटिभका विजेतालाई हेलमेट उपहार

अल्फा अटोमोटिभका विजेतालाई हेलमेट उपहार

काठमाडौं, १४ पुस । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले सञ्चालन गरेको अनलाइन सर्भिस क्विज कार्यक्रमका विजेतालाई उपहार प्रदान गरिएको छ ।

कम्पनीका अनुसार, १२ कात्तिकदेखि १० पुससम्म सञ्चालित अनलाइन सर्भिस क्विज कार्यक्रमका तीन जना विजेतालाई एकरएक थान हेलमेट पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा ५० जनाले सहभागिता जनाएका थिए र अनलाइन सर्भिस कुइजमा ६०० जानाले सहभागी भएका थिए । जसमध्ये ३ जनालाई लक्की ड्र मार्फत पुरस्कृत गरिएको थियो । सहभागीले फ्री सर्भिस चेकअप, फ्री वासिङको सुविधा पनि पाएका थिए ।

उपहार ललितपुर बागडोलका रविन्द्र विष्ट, गोकर्णेश्वर नगरपालिकाका रीतिज सापकोटा र काठमाडौ मैपीका सचिन आलेले प्राप्त गरेका हुन् । 

पुरस्कार नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलका सर्भिस हेड निलादरी जेनाले प्रदान गरेका थिए ।

सोही अवसरमा अल्फा अटोमोटिभले “सर्भिस मेइस्ट्रो” पनि लन्च गरेको छ ।

सो मेइस्ट्रोबाट नेपालका रोयल इन्फील्ड मोटरसाइकल ग्राहाकले हरेक वर्षको चार सर्भिसिङमा पार्टस, मर्मत लगायत सेवामा विशेष छुट एवम् सहुलियत प्राप्त गर्ने अल्फा अटोमोटिभ प्रालिका डाइरेक्टर मेघराज पैडेलले जानकारी दिए ।