हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण

हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण

काठमाडौँ, १५ पुस । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि काठमाडौंको नयाँ बानेश्वरमा रहेको शाखालाई स्थानान्तरण गरी सञ्चालनमा ल्याएको छ ।

बैंकले नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी कोटेश्वरबाट आइतबारदेखि सञ्चालनमा ल्याएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले शाखाको शुभारन्भ गरे । 

हाल देशभर बैंकका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर र २८२ एटीएममार्फत प्रदान गर्दै आइरहेको  बैंकले जनाएको छ ।