हुलास ग्रुपका दुई कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने
काठमाडौं, १५ पुस । हुलास ग्रुप अन्तर्गतका दुई कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएका छन्। हुलास इन्फ्रा लिमिटेड र हुलास आइरण इन्डस्ट्रीजले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा बोलाएका हुन् ।
हुलास इन्फ्रा लिमिटेडले पुस २१ गते र हुलास आइरण इन्डस्ट्रीजले पुस २५ गते साधारणसभा बोलाएको हो । यी कम्पनीको साधारणसभाको विशेष प्रस्तावमा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने, आईपीओ निष्काशनको लागि प्रत्याभूतिकर्ता नियुक्त गर्ने, तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा थप संशोधन गर्नु पर्नेमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ।
यी दुवै कम्पनी हुलास ग्रुप अन्तर्गतका कम्पनी हुन् । हुलास ग्रुपका अध्यक्ष चन्द्र कुमार गोल्छा हुन् ।
त्यस्तै हुलास इन्फ्रा लिमिटेडका र हुलास आइरण इन्डस्ट्रीज प्रबन्ध संचालक चन्द्र कुमार गोल्छाका छोरा शरद गोल्छा हुन् ।
हुलास ग्रुप अन्तर्गतको सौर्य सिमेन्टले पनि आईपीओ निष्काशनको तयारी गरिरहेको छ ।