चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते
![चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/1600757653_gaida_chitwan-1200x560_yagi2bXFoQ_boo7t5awvpdhhfdvjgac1ded5kfenaswfdilhg70zzqpekaszhrruewwfh6u_zX15tFwR1f_fct7xqabi7ewxbbuvwyujp7l2b5xqwvg7q0hmpvzkqwsnwzrn8md18zcii63.jpg)
चितवन, १६ पुस । पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो ।
घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए ।