प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त
काठमाडौं, १६ पुस । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । आज (मंगलबार) राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई सचिव नियुक्त गरेका हुन् ।
गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए ।
२०८१ मंसिर ९ गते प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
झापाको शिवसताक्षी-२ घर भएका राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।