भीम रावलको आरोप- प्रधानमन्त्री अोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजिरहेका छन्
काठमाडौं, १७ पुस । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले ठूला भनिएका दलहरु सिद्धान्तहिन बन्दै गैइरहेको टिप्पणी गरेका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ठूला दलहरु गन्तव्यहिन, आर्दशहिन बाटोतर्फ गैइरहेको बताएका हुन् ।
उनले भने, ‘ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आर्दशहिन बाटोमा लागेका छन् । जसरी जो सँग भएर मिलेर पनि पद, हत्याउने होडबाजी चलिरहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध कुटनीति अत्यन्त फितलो र लज्जासपद बनाइएको छ ।’
यसैगरी उनले असमान सन्धि सम्झौंताको भारी निरन्तर बढ्दै गैइरहको बताए । उनले राष्ट्रिय सम्पति र सिमा धेरै नै असुरक्षित बनिरेको पनि बताए ।
उनले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप समेत उनले लगाए । उनले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराए । उनले देश र जनताको सर्वोपरि हितको लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको बताए ।
उनले भने , ‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्, भाडाका सिपाही, श्रमिक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन् ।’
उनले एमालेमा विभाजन गर्न खोज्नेहरुलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरुलाई सदस्यबाट निकाल्ने काम गरेको उनले बताए । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोधपूर्ण कार्य भएको भन्दै आक्रोश पोखे ।
उनले भने, ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ? ’
साथै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप समेत नेता रावलले लगाए ।